जनअधिकार सुरक्षित गर्दै देश विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

जनअधिकार सुरक्षित गर्दै देश विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

711

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमाज सिंहले ०४६ साल भन्दा अगाडिकाे व्यवस्थामा कराँते खेल प्रथिबन्धित रहेकाे बताउनुभएकाे छ । १०ओै धनबहादुर स्मृति अन्तरास्ट्रिय कराँते प्रतियाेगिताकाे आज उद्घाटन समाराेहमा सम्बाेधन गर्दै सिंहले एकदलीय निरंकुश पञ्चायती व्यवस्थामा कराँते समेत सबैले खेल्न नपाउने अवस्था रहेकाे बताउनुभयाे ।

०४६ सालकाे जनआन्दोलनपछि खुला रूपमा खेलकुद प्रतियोगिता आयाेजना गर्न र खेल्न पाउने अवस्था बनेकाे भन्दै उहाँले निरंकुश र प्रजातान्त्रिक व्यवस्थामा के फरक हुन्छ भन्ने बुझ्न आग्रह गर्नुभयाे ।
`

०४६ सालभन्दा अगाडि नेपालमा कराँते प्रतिबन्धित नै थियाे । खेलाडीहरूले गुरूहरूबाट भूमिगत रूपमा अभ्यास गर्ने चलन थियाे ´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे,`जनअधिकारलाई सुरक्षित गर्दै देश विकासकाे कार्यलाई अगाडि बढाउन हामीले प्रयास गर्नुपर्छ ।´उहाँले पञ्चायतमा खेल खेल्न समेत नागरिकले नपाउने अवस्था रहेकाे स्मरण गर्दै अहिले खला रूपमा खेल खेल्न पाउने अवस्था बनेकाे बताउनुभयाे । प्रजातन्त्र आएर के भयाेर भनेर भ्रम फैलाउन खाेज्नेहरू सक्रिय रहेकाे भन्दै उपप्रधानमन्त्री सिंहले प्रजातन्त्र प्राप्ति पछि नै नागरिक अधिकार सुरक्षित भएकाे नविर्सन आग्रह गर्नुभयाे ।

उहाँले प्रतियोगिता सफलताकाे शुभकामना पनि व्यक्त गर्नुभयाे ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले ०१७ सालमा जनताकाे अधिकार खाेसिएपछि त्यसलाई पुनर्बहाली गर्न र खेलकूदकाे विकासमा धनबहादुर महर्जनकाे भूमिका रहेकाे पनि स्मरण गर्नुभयाे ।

तपाईको बिचार