प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, भुमी बिधेयक पेश गरिने

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, भुमी बिधेयक पेश गरिने

675

काठमाडौं, ६ बैशाख । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक आज बिहान ११ः०० बजेका लागि बोलाईएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन् ।

उता, पुर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पुर्वाधार विकास समितिको बार्षिक प्रतिवेदन, २०८१’ बैठकमा पेश गर्दैछन् ।

भुमी, ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भुमी सबन्धी केही नेपाल एेनलाई संसोधन गर्न बनेको बिधेयक, २०८२ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन ।

सांसद रणेन्द्र बराइलीले ‘दलित समुदाय माथी भइरहेको भेदभाव’ बिषय उल्लेख गरेर प्रस्ताव गरिएको ‘जरूरी सार्बजनिक महत्वको प्रस्ताव’ प्रस्तुत गर्ने भएका छन ।

तपाईको बिचार