उजुरी दिन आउने मिटरब्याजपीडितको बाटोमा हुने अवरोध हटाउन गृहको निर्देशन

उजुरी दिन आउने मिटरब्याजपीडितको बाटोमा हुने अवरोध हटाउन गृहको निर्देशन

758

काठमाडौँ, ७ साउन । गृह मन्त्रालयले मिटरब्याजपीडित विभिन्न जिल्ला प्रशासन कार्यालय (जिप्रका)मा उजुरी दिन आउँदा हुने गरेको अवरोध हटाउन जिप्रकालाई निर्देशन दिएको छ । गृहले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएको जानकारी गराएको हो ।

“नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)लगायत केही जिल्लाहरूमा मिटरब्याजपीडित आफ्नो निवेदन, गुनासो लिई जिल्ला प्रशासन कार्यालयमा आउने क्रममा स्थानीयस्तरमा विभिन्न प्रकारको अवरोध गरिएको, पीडितलाई जिल्ला प्रशासन कार्यालयमा गुनासो राख्न बाधा उत्पन्न गरेको, पीडित र पीडकबीच छलफलको वातावरण तयार नगरी पीडितहरूलाई केही व्यक्ति तथा समूहबाट दिग्भ्रमित समेत गर्ने गरेको गुनासो आएको सन्दर्भमा तत् गुनासोलाई तत्काल सम्बोधन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन समेत भइसकेको छ,” विज्ञप्तिमा उल्लेख छ ।

तपाईको बिचार

सम्बन्धित खबर