फोर नेशन्स कप बक्सिङ्ग च्याम्पियनशिपमा नेपाल लाई ४ स्वर्ण

फोर नेशन्स कप बक्सिङ्ग च्याम्पियनशिपमा नेपाल लाई ४ स्वर्ण

645

भुटान‌ । भुटान‌को थिम्पुमा सम्मन्न फोर नेशन्स कप बक्सिङ्ग च्याम्पीयनसिप‌ २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र दुई कास्य पदक जिती दोश्रो स्थान हासिल गर्न सफल भएको छ ।

भारतको सिक्कीम, बंगलादेश, नेपाल र आयोजक भुटान गरि ४ राष्ट्र सम्मीलित ज्वायन्ट ट्रेनिङ्ग तथा प्रतियोगीत हिजो थिम्पुको क्लक टावरमा भब्य रुपमा सम्पन्न भयो । यही अपील ८-१० सम्मम ज्वाइन्ट ट्रेनिङ र ११-१३ अप्रिल सम्म च्याम्पियनशिप सन्चालन भएको थियो । उक्त च्याम्पीयनशिपमा भूटानले पहिले स्थानमा रहेके थिये ।

हिजो राती सम्पन्न फाइनल खेलमा नेपालको ७ जना खेलाडी फाइनल पुगेकोमा चार स्वर्ण तीन रजतमा सिमित हुन पुग्यो । यस अधि रमिशा श्रेष्ठ र वाङ्‌दी शेर्पा सेमिफाइनलमा दुवैजना भारतीय खेलाडीसंग पराजित भएका थिए ।

महिला ५० के.जी. तौल समुह‌मा नेपालको आरती बम्जन‌ले भुटानका जा‌‌मो जिग्दाललाई ५-० अंकमा पराजित गरी पहिलो स्वर्ण दिलाए । महिला ५२ केजि तैल समुहमा नेपालकी अस्मिता दुवालले भुटानकै डेमो नोर्नुलाई ५-० अंकने आधारमा पराजित गरी नेपाललाई दोश्रो स्वर्ण दिलाईन त्यसैगरी महिला ५४ केजी तौल समुहमा नेपालक वर्षा श्रेष्ठले भुटानकै लामो तासीलाई ४-१ अंकको पराजित गरि तेस्रो स्वर्ण जित्न सफल भईन ।

त्यसैगरी पुरुष तर्फ ४८ के. जी. तौल समुहमा नेपालका लाल प्रसाद उप्रेती भुटानका खेलाडी दोर्जे मगरसंग ४:१ अंककोआधारमा प्रतिस्पर्धात्मक हार ब्यहोरी दोस्रो भए । पुरुष ५१ के. जी. तौल समुहमा नेपालका लक्ष्मण राईले भारत (सिक्कीम) का कृष्ण कैलाश राईलाई ५:० अंकको आधारमा पराजित गरी स्वर्ण जित्न सफल भए । त्यसैगरी पुरुष ५४ के.जी. तौल समुह‌मा नेपालले ठूलो आशा गरिएका चन्द्र बहादुर थापा वंगलादेशका खेलाडी महोमद उन्सोव संग ३-२ को प्रतिस्पर्धात्मक हार ब्यहोर्न पुगे ।

तिनै राउन्ड नै आफ्नो पक्षमा पार्दै रोचक खेल प्रदर्शन गरेका चन्द्रले अन्तीम राउन्डमा रेफ्रिको वार्निगं पाई अंक बराबर हुदा पुन: जजहरूले अंक दिदा ३:२ ले पछि भई रजत पदकमा सिमित भए । यस अधि चन्दले सेमिफाइनलमा भारतका खेलाडीलाई ५-० ले हराई फाइनल पुगेका थिए ।

थिम्पुको ब्यस्त क्लक टावरमा सम्पन्न खेलमा स्थानिय दर्शकको अतिनै भिडले प्रतियोगिताको रोनक बढाएको थियो । भुटान बक्सिगं संघको आयोजनामा आयोजित प्रतियोगितामा नेपालबाट सहभागि खेलाडी सहित प्रशिक्षकमा प्रमुख प्रशिक्षक ओलम्पियन प्रविन तुलाधर, आईबा थ्री स्टार कोच दिपक महर्जनका साथमा सहयोगी प्रशिक्षकहरु उमेश कटुवाल र सन्दिप श्रेष्ठ थिए । साथै भुटान बक्सिगं संघको विशेष निमन्त्रणामा प्रतियोगिता सन्चालनको लागि टेक्निकल डिलिगेट हेडको रुपमा नेपालको पहिलो अन्तराष्ट्रिय टेक्निकल अफिसियल पुष्करराज पन्तलाई जिम्मेवारी दिएको थियो । भने रेफ्रि/जजमा नेपालबाट आईबिए थ्री स्टार रेफ्री/जज धनकुमार मैनाली , टु स्टर रेफ्री/जज सन्तोष आलेमगर, वान स्टार रेफ्री/जजहरु अनुराधा लामा, जिवन कवां र राजकुमार महर्जनले भुमिका निर्वाह गरेका थिए । नेपालबाट सहभागी भएका स्कोरिगं अप्रेटर असिम न्यौपानेले स्कोरिगं अप्रेटरको भुमिका निर्वाह गरेको थिए ।

भुटान बक्सिगं संघ र भुटान ओलम्पिक कमिटिको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा भुटानका शिक्षा मन्त्री लगाएत थुप्रै विशिष्ठ ब्यक्तिहरु उपस्थित भै बिजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्र तथा ट्रफि प्रदान गरि सम्मान गरेको थियो ।

तपाईको बिचार