यस्ता छन् एमालेले पारित गरेको विशेष प्रस्ताव

यस्ता छन् एमालेले पारित गरेको विशेष प्रस्ताव

603

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक विशेष प्रस्ताव पारित गरेको छ । एमालेले राजतन्त्र फर्काउने प्रयास सफल नहुने निष्कर्ष निकाल्दै विशेष प्रस्ताव पारित गरेको हो ।

आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरित राजतन्त्र पटकपटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्धत भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । जनताको यस फैसला उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन,’ एमालेले पारित गरेको विशेष प्रस्तावमा भनिएको छ ।

केही समययता गणतन्त्र र संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण रहेको उनले बताए ।

‘केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानप्रति भइरहेका सुनियोजित घटनाक्रमप्रति नेकपा एमालेको गम्भीर ध्यानाकर्षण भएको छ,’ ज्ञवालीले भने, ‘लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानी संघर्षको परिणती हो ।’
यस्ता छन् विशेष प्रस्तावहरुः

तपाईको बिचार