काठमाडौं। दुर्गालाल श्रेष्ठको फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार भन्ने गीतसँग ठ्याक्कै मेला खाने भएको छ राजा फर्काउने आन्दोलन । पूर्व राजा ज्ञानेन्द्रको भन्दा झन्डै १० वर्ष जेठा आन्दोलनकारीलाई राजा ल्याउने आन्दोलनको नेतृत्व गर्न जिम्मा दिने तयारी भएको छ। उनी संभावत सडकमा आउने सबैभन्दा जेठा आन्दोलनकारी हुने छन् । राजा ल्याउने आन्दोलनको नेतृत्व गर्न जिम्मा पाउन लागेका नेता हुन् ८६ वर्षीय नवराज सुवेदी ।
नवराज सुवेदी नेपाली राजनीतिज्ञ र राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष हुन्। उनले सन् १९६० मा त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनको पहिलो अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका थिए। पञ्चायती व्यवस्थामा रामेछापबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भई ३०
हालैका घटनाक्रममा, ८६ वर्षीय सुवेदीले राजा ज्ञानेन्द्र शाहको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि राजावादी मोर्चा बन्दीको नेतृत्व सम्हाल्ने तयारी गरेका छन्। उनले राप्रपा लगायतका नेताहरूसँग छलफल गरिसकेका छन्।
तर अहिले यही बिषयमा राजावादीहरूमा विभाजन सुरु भएको छ। सुवेदीलाई सर्वसम्मत आन्दोलनको नेतृत्व गर्ने व्यक्तिका रूपमा अगाडी सारिए पनि राजावादी आन्दोलनकारीहरबीच विवाद भएको छ।
राजा पोखराबाट काठमाडौ फर्कँदा स्वागतको नेतृत्व राप्रपा र त्यसका अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका थिए। यसै कारण उल्लेख्य सहभागिता जुटेको राप्रपाका नेताहरूको दाबी छ। तर राज फर्काउने अभियानमा आफुलाई अभियन्ता दाबी गर्ने दुर्गा प्रसाईँले आफूले चाहेर मात्र त्यत्रो सहभागिता जुटेको दाबी गरी हेका छन् ।
यस अघि राप्रपाका र राजा बादी भनिएका अन्य शक्तिहरूले गर्दै आएको आन्दोलन सबैले देखेका छन् । तिनमा राप्रपाको कार्यक्रममा बढी नै सहभागिता देखिने गरेको थियो। त्यसैले आन्दोलनमा राप्रपाले जस पाउनु पर्ने सो नेताहरूको दाबी छ।
यिनै दाबीहरूमा विवाद भएपछि सबैभन्दा जेठो नेतृत्वकर्ताको खोजी गरेको बताइएको छ। हुन त सुवेदी भन्दा दोस्रो ज्येष्ठ नेता पशुपति शमशेर राणाले पनि नेतृत्व गर्न सक्थे। उनी अहिले ८३ वर्षका भए। तर उनले विगतमा गणतन्त्र स्विकारेको भन्दै निष्क्रिय बसेका सुवेदीलाई किन निकालियो भन्ने समेत प्रश्न उठेको छ। राप्रपाका एक नेताको टिप्पणी छ ‘ स्टेचरमा राखेर आन्दोलनमा उत्रिने नेतृत्वले राजतन्त्र स्थापना गर्ला’?
तपाईको बिचार