काठमाडौँ। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै चार किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ।
बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिकहरूले मलद्वारमा लुकाएर ल्याएको तीन किलो ७४५ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
पक्राउ पर्नेहरूमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ रहेका छन्। उनीहरूको गतिविधि शंकास्पद रहेको देखिएपछि विमानस्थलमा खटिएको प्रहरीले भिडियो एक्सरे गरेर हेर्दा सुन देखिएको थियो।
तीन महिलाले मलद्वारमा डल्लो बनाएर सुन ल्याएको बताइएको छ। तर पुरुषको साथबाट भने कुनै सुन बरामद नभएको प्रहरीले जानकारी दिएको छ। अहिले उनीहरूमाथि अनुसन्धान भइरहेको छ।
तपाईको बिचार