पोखरा,३ साउन । नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा निर्वाचनले राम अवालेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
पोखरामा बुधबार सम्पन्न संघको छैटौं साधारण सभा तथा अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यसैगरी अधिवेशनले आगामी चार वर्षका लागि २० सदस्यीय कार्यसमिति समेत निर्वाचित गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी र उपाध्यक्षमा भोजराज सिटौला, गणेश बहादुर भट्टराई, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र राम बहादुर गिरी निर्वाचित भए । महासचिवमा मानबहादुर भण्डारी, सचिवमा पुश्करराज पन्त र कोषाध्यक्षमा गौतम सुजखु चयन भए ।
यसैगरी सदस्यमा गोविन्द डंगोल, रेशम पुन, मिलन ध्वज राणा, बम बहादुर स्याङ्गतान, रेखा थापा मगर, रमेश अधिकारी, दुर्गा गहतरजा, लक्ष्मण कार्की, संजयकुमार पासवान र समरजंगबहादुर चन्द चुनिएका छन् ।
तपाईको बिचार