रौतहट, ३ साउन । नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव योगेश भट्टराईले आगामी निर्वाचनपछि मधेसमा एमालेको मुख्यमन्त्री बन्ने दाबी गरेका छन् ।
आज रौतहटको कटहरियामा पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले ‘मिसन २०८४’ को आधारमा प्रदेशमा एमालेको मुख्यमन्त्री बन्ने ठोकुवा गरेका हुन् ।
उनले भने, ‘मधेस प्रदेशमा अहिले पनि अरु दलभन्दा ठूलो एमाले नै छ,’ ‘गत निर्वाचनमा समानुपातिकतर्फ मधेस प्रदेशमा एमालेले ३ लाख ५० हजार मत ल्याएको थियो । आगामी निर्वाचनमा ७ लाख मत ल्याउने हाम्रो लक्ष्य छ ।’
तपाईको बिचार