रुपान्तरण अभियानको प्रतिवेदन देउवाले बुझेनन्

रुपान्तरण अभियानको प्रतिवेदन देउवाले बुझेनन्

815

काठमाडौँ, २ साउन । नेपाली कांग्रेसको रुपान्तरणका लागि पार्टी रुपान्तरण अभियान चलाइरहेका नेताहरुले प्रतिवेदन बुझाएका छन् ।

सभापति शेरबहादुर देउवाले प्रतिवेदन बुझ्नका लागि समय नदिएपछि उनीहरुले केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएका हुन् । केन्द्रीय समिति बैठक सुरु हुनुअघि प्रतिवेदन बुझाइएको हो ।

प्रतिवेदन पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पनि बुझाउने एक नेताले जानकारी दिए । केन्द्रीय सदस्य मधु आचार्य, गोविन्द पोखरेल र नेताहरू गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, रञ्जित कर्णलगायतले रुपान्तरण अभियान चलाएका थिए ।

कांग्रेस रुपान्तरण अभियानले २१ बुँदे सुझाव दिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर