चार दललाई १५ हजार जरिबाना गर्ने आयोगको निर्णय

चार दललाई १५ हजार जरिबाना गर्ने आयोगको निर्णय

741

काठमाडौँ, १ साउन । निर्वाचन आयोगले तोकिएको समयमा लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने र तोकिएको समयमा स्पष्टीकरण नबुझाउने चार दललाई जरिबाना तोकेको छ ।

आज बसेको आयोगको बैठकले पिछडा वर्ग निषाद दलित जनजाति पार्टी, नेसनलिस्ट पिपल्स पाटी,  समाजवादी पार्टी नेपाल र नेपाल दलित पार्टीलाई १५ हजार जरिबाना गर्ने निर्णय गरेको हो ।

उनीहरूलाई सात दिनभित्र लेखापरीक्षण सार्वजनिक गरी त्यसको सात दिनभित्र आयोगमा बुझाउन निर्देशन दिइएको आयोगका एक पदाधिकारीले जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर