जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव छः अध्यक्ष लिङ्देन

जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव छः अध्यक्ष लिङ्देन

717

काठमाडौँ, १ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव भएको बताए ।

नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी भएका अध्यक्ष लिङदेनले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको बताए । हिन्दुराष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताएका छन् ।

उनले राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा कार्यक्रम गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताए । शान्तिपूर्ण बाटोबाट पार्टीले नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना गर्न चाहेको लिङ्देनले बताए । उनले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दु राष्ट्र हटाइएपनि अब सच्चिन राजनीतिक दलहरुलाई आग्रह गरे ।

तपाईको बिचार

सम्बन्धित खबर