एजेन्सी । हेज्बुल्लाहका नेता नैम कासेमले दक्षिणी लेबनानबाट इजरायलको फिर्ताको बारेमा समूहको अडानलाई पुनः पुष्टि गर्दै समयसीमा सकिएको र कुनै पनि विस्तार नसहने चेतावनी दिएका छन्।
कासेमले इजरायली उपस्थितिविरुद्ध लेबनानको एकताबद्ध प्रतिरोधलाई जोड दिए। राष्ट्रपति जोसेफ आउनले सेनालाई दक्षिणतर्फ मार्च गरिरहेका जनतासँगै उभिन निर्देशन दिएको उल्लेख गर्दै कब्जा लेबनानी सार्वभौमसत्ता विरुद्धको आक्रमण भएको बताए।
यसको सामना गर्नु जनता, सेना, राज्य र प्रतिरोधको जिम्मेवारी भएको बताए। युद्धविराम सम्झौताको बारेमा कासेमले इजरायलले अमेरिकी मध्यस्थकर्ताहरूमार्फत वार्ता सुरु गरेको बताए।
लेबनानको कामचलाउ सरकारले इजरायलीहरूले पूर्णरूपमा फिर्ता नगरी प्रारम्भिक ६०–दिने युद्धविराम समाप्त भएपछि इजरायलसँग युद्धविराम विस्तार गर्न स्वीकृति दिएको घोषणा गरेको छ।
तपाईको बिचार