मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् : सभापति लामिछाने

मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् : सभापति लामिछाने

751

काठमाडौँ, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन् ।

आज बूढानीलकण्ठ नगरपालिकामा आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टीपंक्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरे ।

उनले भने, “हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो । तर, मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् ।” सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह गरे ।

तपाईको बिचार

सम्बन्धित खबर