प्रधानमन्त्री ओली अस्वस्थ भएपछि बुधवारका निर्धारित सबै कार्यक्रम  रद्ध

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि बुधवारका निर्धारित सबै कार्यक्रम  रद्ध

737

काठमाडौं। प्रधानमन्त्री ओली अस्वास्थ्य हुनुभएपछि  बुधवार निर्धारित सबै कार्यक्रम रद्ध भएका छन् । उहाँलाई  घाटी दुख्ने समस्या भएका कारण सबै निर्धारित कार्यक्रम रुद्ध भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ।  ओली अस्वास्थ्य भएपछि बुधवार चार बजेका लागि तय  भएको वामदेव गौतमको पार्टी फिर्ता कार्यक्रम पनि सरेको छ।

उहाँ अस्वास्थ्य भएपछि सशस्त्र प्रहरी बलको हल्चोकस्थित मुख्यालयमा आयोजना भएको कार्यक्रममा समेत उपस्थित हुन सक्नुभएन । सशस्त्रको बर्सेनि आयोजना हुने यस्तो  समारोहमा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री जाने प्रचलन छ । त्यसअनुसार, सशस्त्र प्रहरी बलले प्रधानमन्त्री ओलीलाई बुधवार पनि आमन्त्रण गरेको थियो ।

प्रधानमन्त्रीको सचिवालयबाट टुङ्गो लागे अनुसार, प्रधानमन्त्री ओली साढे ११ बजे हल्चोकमा उपस्थित हुने भन्दै अतिथिहरूलाई आमन्त्रण गरेको थियो । तर, अन्तिम समयमा प्रधानमन्त्री आउने कार्यक्रम रोकिएको भन्दै सशस्त्र प्रहरीले खबर पाएको थियो ।
प्रधानमन्त्री ओलीको सचिवालयले भने स्वास्थ्यमा सामान्य समस्या देखिएपछि ओली हल्चोक नगएको बताएको छ । ‘चिसोको कारण प्रधानमन्त्रीज्यूको स्वर भासिएको छ, बोल्न पनि अप्ठ्यारो हुने हुँदा उहाँ बालुवाटारमै आराम गरिरहनु भएको छ’, सचिवालय स्रोतले भन्यो ।

माओवादी द्वन्द्व चर्किँदै गएको अवस्थामा तत्कालीन दरबारले सेना परिचालनमा सहयोग नगरेपछि सेना र नेपाल प्रहरीबाट केही जनशक्ति ल्याएर २०५७ सालमा सशस्त्र प्रहरी बलको गठन भएको थियो ।

तपाईको बिचार