काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोेइराला र बेलायतका पूर्वविदेशमन्त्री जेम्स क्लेभर्लीबीच भेटवार्ता भएको छ ।
बेलायतको भ्रमणमा रहेका डा. कोइरालाले आज बिहान बेलायतको संसद् भवन (हाउस अफ कमन्स) मा कन्जरभेटिभ पार्टीका नेता एवं बेलायतका पूर्व विदेशमन्त्री क्लेभर्लीसँग भेटवार्ता गरेको डा कोइरालाको निजी सचिवालयले जनाएको छ ।
कोइराला र क्लेभर्लीबीच भएको भेटवार्तामा नेपाल–बेलायत सम्बन्ध, आपसी सहयोग लगायतका विषयमा कुराकानी भएको जनाइएको छ । भेटवार्तामा डा कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरे।
तपाईको बिचार