नेकपा बहुमतको महाधिवेशन शुक्रबारबाट

नेकपा बहुमतको महाधिवेशन शुक्रबारबाट

587

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को महाधिवेशन भोलि (शुक्रबार ) हुँदैछ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट फुटेर एक समूहले धर्मेन्द्र बास्तोला ‘कन्चन’को नेतृत्वमा नेकपा बहुमत बनाएको हो । बहुमतले यो महाधिवेशनलाई नवौं भनेको छ ।

पार्टीका प्रचार प्रसार इन्चार्ज गुणराज लुइटेलले महाधिवेशन शुक्रबार दिउँसो ११ बजे काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा उद्घाटन हुने जानकारी दिए ।

नेकपा बहुमतका संयोजक बास्तोलाले महाधिवेशनमा वैचारिकरुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचना लगायतका विषयमा छलफल हुने बताए ।

विप्लवबाट छुट्टिएपछि मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको बुहुमत पछि त्यहाँबाट पनि अलग भएको हो ।

तपाईको बिचार