नेवारी समुदायको संस्कृतिले नेपालीलाई एकताको सुत्रमा बाँध्न सहयोग गरेको छ- अध्यक्ष नेपाल

नेवारी समुदायको संस्कृतिले नेपालीलाई एकताको सुत्रमा बाँध्न सहयोग गरेको छ- अध्यक्ष नेपाल

533

काभ्रेपलान्चोक। नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेवारी समुदायको संस्कृतिले नेपालीलाई एकताको सुत्रमा बाँधन सहयोग गरेको बताएका छन् ।

काभ्रेको बनेपामा आयोजित १५ औं नेवा एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् । नेता नेपालले नेपाल थरि, थरिका जातजाति, भाषाभाषी मिलेर बनेको मुलुक भएकोले विविधतामा एकता हुनु जरुरी रहेको बताए ।

यहाँ सबै जातजाति मिलेर बस्नु र छुट्टाछुट्टै संस्कृत भएकोले नेपाली हुनुको गौरब छ। लोकतन्त्र पछि देशमा विभिन्न जातजाति भाषाभाषी सबैको पहिचानलाई राज्यले समानता प्रदान गरेको छ। नेपाल विश्वमा नै विविधतामा एकता भएको देश हो। नेपालले भने ।

राज्य पुनसंरचना पछि नेपालमा सबै जात, धर्म, परम्परा र संस्कृतिले सम्मानित हुन पाउनुपर्ने उनको तर्क छ। आफू तराईमा जन्मेकोले तराई मुलको सबै भाषा जानेको तर काठमाडौको नेवारी भाषा सिकाउने गुरु कोही नपाएको उनको भनाइ थियो । नेवा संस्कृतिको छुट्टै विशेषता रहेको बताउँदै नेता नेपालले राज्यले विविधताको संरक्षणका लाग्न अनुरोध गर्नु भएको छ। कुनै पनि परम्परा र संस्कृतिले हामी सबै नेपाली एक हौ भन्ने सन्देश दिने गरेको उनको अनुभव छ।

कार्यक्रममा सम्पदा संरक्षण अभियान्ता राजाराम तण्डुकारले नेवार संस्कृति लगायत नेपाली संस्कृती र ऐतिहासिक संम्पदा संरक्षणमा नेपाली सबै एकजुट हुनु पर्ने समय आएको बताए ।

यस वर्षको नेवा एकता दिवस ११४५ को नेपाल नेवा राष्ट्रिय संघका काभ्रे अध्यक्ष जगन्नाथ श्रेष्ठ संयोजन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि माधव नेपाल, अतिथि पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, नेपाल नेवा राष्ट्रिय संघका अध्यक्ष माइला बाबू देउला, वरिष्ठ साहित्यकार मोहन दुवाल लगायतको उपस्थिति थियो।

तपाईको बिचार