धराैटीबापतकाे रकम बुझाए पनि रबि र छवि नछुट्ने

धराैटीबापतकाे रकम बुझाए पनि रबि र छवि नछुट्ने

637

काठमाडाै । अदालतले धरौटीमा छाड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डिआइजी छवि जाेशी तत्काल नछुट्ने भएका छन् ।

लामिछानेले कास्की जिल्ला अदालतमा धरौटी बुझाए लगत्तै प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । आज (बिहीबार) कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलगायतलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

अभियोगपत्रमा लेखिएको छ, ‘पक्राउ परी हिरासतमा रहेका निम्न प्रतिवादीहरू उपर निम्न प्रहरी कार्यालयमा जाहेरी दर्ता भई अनुसन्धानपश्चात् सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयमार्फत सम्मानित अदालतमा अभियोगपत्र दर्ता हुने चरणमा रहेको हुँदा निज प्रतिवादीहरू प्रस्तुत कसुरमा छुटी जाने भएमा सम्मानित अदालतहरूमा उपस्थित गराउने प्रयोजनार्थ निज प्रतिवादीहरूलाई प्रहरी कर्मचारी हस्ते जिम्मा लगाई पठाइदिने व्यवस्था हुन अनुरोध छ ।’

अदालतले रविलाई ६५ लाख र छविलाई ८८ लाख धराैटी रकम माग गरेकाे छ ।

तपाईको बिचार