काठमाडौँ । नेकपा ( एकीकृत समाजवादी ) का उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले ‘सबै राजनीतिक दल एउटै हुन्’ भन्ने भाष्य चिर्नका निम्ति राजनीतिक जागरण अभियान चलाउनुपर्ने बताएका छन् ।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) को चौथो वार्षिकोत्सवमा बोल्दै उपमहासचिव भट्टराईले उक्त अभियान नेकपा ( एकीकृत समाजावादी ) ले प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।
उपमहासचिव भट्टराईले आम नेता कार्यकर्ता पङ्क्तिलाई पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिँदै उनले भने , ‘हाम्रा नेताहरू पार्टी निर्माण गर्न तिर लाग्नु भएन। महाधिवेशन पछि हाम्रो जाँगर कम किन भयो ? ढिलो कार्यविभाजन गर्दा ठिक भएको छ। चौमासिक प्रगति हेरेर वर्तमान जिम्मेवारी हेरफेर गर्ने भनिएको छ। यसका आधारमा काम गर्नका निम्ति पनि म अनुरोध गर्दछु।’
उनले पार्टीको नीति, विचार, सिद्धान्त र समाजवादी कार्यक्रम अघि सारिएको भन्दै , ‘स्पीडका साथ एकीकृत समाजवादी अघि बढ्नुपर्छ। एमाले र कांग्रेसले संविधान संशोधन गर्ने भनिरहेका छन्।
अर्कातर्फ सरकार कुलमानलाई निकाल्न खोज्दैछ। सरकार आफ्नालाई जोगाउने काममा व्यस्त छ। ठेक्का पट्टामा कसरी कमिसन खाने भन्नेमा सरकार छ।’ यस्ता अनियमितता सुशासन र पारदर्शिताका सबालमा आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा विशेष अतिरथीहरू पार्टीका पोलिटब्युरो सदस्य पासङ शेर्पा पार्टी केन्द्रीय कमिटी सदस्य तथा संगठन इन्चार्ज धन बहादुर कार्की अतिथिहरूमा पार्टीको सुर्खेत जिल्ला कमिटी अध्यक्ष खड्ग के सी पार्टी उदयपुर जिल्ला कमिटी अध्यक्ष विनोद खड्का, संगठनका उपमहासचिव कृष्ण ब. खड्का सचिव पुष्कर रिमाल कोषाध्यक्ष सिंह बहादुर खड्का, केन्द्रीय सदस्य मोहन पौडेल केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला अध्यक्ष डबल बहादुर गुरुङ केन्द्रीय सदस्य बाबुकाजी कार्की ,कुल ब. बस्नेत उदयपुर जिल्ला कमिटी अध्यक्ष भीम ब. थापा लगायत महिला सदस्य र युवा विद्यार्थीहरुको सहभागिता थियो।
संगठनका उपाध्यक्ष तथा राष्ट्रिय अधिवेशन संयोजक पबित्रराम थापाको अध्यक्षतामा महासचिव हरिशरण गिरीले गरेका थिए ।
तपाईको बिचार