कम्युनिष्ट आन्दोलन कमजोर हुनुमा व्यक्तिवाद र घमण्ड जिम्मेवार- अध्यक्ष नेपाल

कम्युनिष्ट आन्दोलन कमजोर हुनुमा व्यक्तिवाद र घमण्ड जिम्मेवार- अध्यक्ष नेपाल

747

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीतिमा अनेक समस्या देखा परेको बताएका छन् ।

पार्टीको निर्वाचन आयोगको सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले वर्तमान अवस्थामा देखा परेका समस्या समाधान गर्न सकिने खाले भएको बताए ।

, ‘समस्यालाई राम्ररी हल गर्नेगरी लाग्नुपर्छ। सकारात्मक कुरालाई लिएर अगाडि बढ्नुपर्छ। नकारात्मक कुरालाई छोड्नुपर्छ। आफू बलियो भएपछि मात्रै अरुले पत्याछन्।’ लाओसको उदाहरण दिदै अध्यक्ष नेपालले भने ।, ‘गाउँ बलियो बनाउनु पर्छ। नेताहरू जनताको बिचमा जानुपर्छ। जसले नयाँ तरंग सिर्जना हुन्छ।’ उनले भने ।

पार्टीमा नेताको कमी नभएको तर, जनताको बीचमा जाने नेताको कमी रहेको भन्दै उनले भने , ‘गतिलशिलताको कमी हो। सामान्य मुद्धा भएपनि जनताको बीचमा जानुपर्छ। विचार र सिद्धान्तले मात्रै काम गर्दैन।

त्यसको राम्ररी प्रचार गर्न सक्नुपर्छ। हामीले विचार र सिद्धान्त राम्रो बनाएका छौँ। त्यसलाई जनताको बीचमा लैजानुपर्छ।’ अध्यक्ष नेपालले नेपालमा कम्युनिष्टहरू कमजोर बन्नुको एउटै कारण घमण्ड र स्वेच्छाचारीता रहेको बताए ।

तपाईको बिचार