काठमाडौ । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी सप्तरीको प्रथम अधिवेशनबाट शेखर कुमार वाग्ले अध्यक्षमा निर्वाचित भएका छन् । आज काठमाडौमा सम्पन्न अधिवेशनबाट वाग्नेको अध्यक्षतामा १३ जना कार्यसमिति चयन भएको हो ।
कमिटीको उपाध्यक्षमा सुमेश चौधरी, सचिवमा रंजित चौधरी, उपसचिवमा पुजा चौधरी, कोषाध्यक्षमा प्रभुनारायण चौधरी निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा अमन दाहाल,प्रदुमन चौधरी, विमला मल्ल, जिवस चौधरी, सुनिल चौधरी, दिवस लेखी,सरोज चौधरी र असानन्द चौधरी निर्वाचित भएका छन् ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य सुमन प्याकुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको विशेष अतिथिमा एमालेका केन्द्रीय सदस्य राजकुमार लेखी, राष्ट्रिय युवा संघ नेपाल विशेष प्रदेश कमिटीका अध्यक्ष सुजन घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
तपाईको बिचार