काठमाडौ । समाजवादी प्रेस संगठन नेपालले नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख र उपप्रमुख लगायत प्रचार विभागलाई स्वागत गरेको छ।
बिहीबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोक नगरमा एक कार्यक्रम आयोजना गरि संगठनले आफू निकट विभागका इन्चार्ज तथा सहइन्चार्जलाई बधाई तथा शुभकामना दिएको हो ।
समाजवादी प्रेस संगठनका पदाधिकारी तथा उपस्थित संगठनमा आबद्धहरुले इन्चार्ज प्रकाश ज्वाला, उपप्रमुख दामोदर अर्याल र सदस्य चमिना भट्टराईलाई संगठनको तर्फबाट स्वागत गरेका थिए। यसै अवसरमा संगठनको तर्फबाट नेपाल पत्रकार महासंघको विभिन्न तहमा निर्वाचितहरूलाई बधाई दिनुका साथै,प्रचार विभागको तर्फबाट बधाई कार्यक्रम तथा शुभकामना पनि प्रदान गरिएको थियो ।
पार्टीको तेस्रो सचिवालय बैठकले ज्वालालाई विभाग प्रमुख तथा संगठनको इन्चार्ज, अर्याललाई उपप्रमुख तथा संगठनको सहइन्चार्जको जिम्मेवारी तोकेको थियो।
स्वागत कार्यक्रममा विभाग प्रमुख ज्वालाले पार्टीको वैचारिक, सैद्धान्तिक र योजनाका बारेमा संगठनले ब्यापक प्रचार तथा प्रकाशनका काम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा उपप्रमुख अर्याल र केन्द्रीय सदस्य भट्टराईले संगठनलाई बलियो बनाउनका निम्ति विभागले सकारात्मक र प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
तपाईको बिचार