कंगनाको ‘इमर्जेन्सी’ले भारतीय कांग्रेसलाइ क्षति गराउने, १७ जनवरीमा हुदैँछ रिलिज

कंगनाको ‘इमर्जेन्सी’ले भारतीय कांग्रेसलाइ क्षति गराउने, १७ जनवरीमा हुदैँछ रिलिज

563

मुम्बइ । भारतमा २५ जुन १९७५ देखि २१ मार्च १९७७  सम्म संकटकाल लगाइएको थियो।  जसलाई भारतको इतिहासको कालो अध्यायको रूपमा हेरिदै आएको छ । यो त्यो समय थियो, जब लोकतन्त्र निलम्बन गरिएको थियो, मौलिक अधिकारहरू कुण्ठित भएको थियो र राष्ट्रले अभूतपूर्व संवैधानिक संकटको सामना गर्नु परेको थियो ।

तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संविधानको धारा ३५२ अन्तर्गत राष्ट्रिय संकटकाल लगाएकी थिइन् । अहिले संकटकाल घोषणा भएको ५० वर्ष पूरा भएको छ । यो भारतीय इतिहासको सबैभन्दा विवादास्पद अध्याय मध्य एक मानिन्छ ।

सोही घटनामा आधारित भएर भारतीय जनता पार्टीका सांसद तथा अभिनेत्री कंगना रनौतको मुख्य भुमिका रहेको फिल्म ‘इमर्जेन्सी’ सो घटना भएको ५० वर्ष पूरा भएको अवसरमा रिलिज हुँदैछ । फिल्म निर्माण पक्षले सो फिल्म १७ जनवरी २०२५ मा रिलिज हुने जनाएको छ, यो फिल्मले संकटकालको कथा बताउँछ । फिल्ममा देशको आन्तरिक अवस्था त्यो बेला कसरी बिग्रँदै गएको थियो, त्यसलाइ देखाइएको छ ।

यो स्वतन्त्र भारतको इतिहासमा सबैभन्दा विवादास्पद र अलोकतान्त्रिक अवधि थियो। आपतकालिन समयमा, चुनाव स्थगित गरियो र नागरिक अधिकार समाप्त गरियो र मनमानी कारबाही गरियो। जयप्रकाश नारायणले यसलाई भारतीय इतिहासको सबैभन्दा कालो अवधि भनेका थिए।

फिल्ममा अनुपम खेर जयप्रकाश नारायणको भूमिकामा, श्रेयस तलपदे अटल बिहारी बाजपेयीको भूमिकामा र मिलिन्द सोमन फिल्ड मार्शल साम मानेकशको भूमिकामा देखिनेछन् । चलचित्रमा संगीत सञ्चित बलहारा र जी.भी. प्रकाश कुमारले दिएका छन् । पटकथा रितेश शाहले लेखेका हुन् ।

यो फिल्म रिलिज भए पछि कांग्रेस आइलाइ थप क्षति पुरयाउने अडकलबाजी गरिएको छ ।

तपाईको बिचार