लेबी बुझाउन जसपाको ताकेता

लेबी बुझाउन जसपाको ताकेता

771

काठमाडौँ, २८ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका केन्द्रीय तहका नेताहरुरूलाई लेबी बुझाउन ताकेता गरेको छ ।

बुधबार पार्टीका आर्थिक विभाग प्रमुख विजय यादवले पत्र काटी लेबी बुझाउन ताकेता गरेका हुन् । पत्रमा पार्टीका केन्द्रीय समिति सदस्य, केन्द्रीय राजनीतिक समिति सदस्य र केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई बाँकी रहेको लेबी असार मसान्तसम्ममा बुझाउन भनिएको छ ।

जसपाले केन्द्रीय सदस्यलाई ५००, राजनीतिक समिति सदस्यलाई ७०० र कार्यकारिणी सदस्यलाई एक हजार मासिक लेबी तोकेको छ । पार्टी सदस्यहरूले सदस्य शूल्कका अतिरिक्त आ–आफ्नो समितिमा मासिक लेबी बुझाउनुपर्ने हुन्छ । सदस्यहरूले आफू सम्बद्ध समितिमा लेबी बुझाउने गर्दछन् ।

तपाईको बिचार

सम्बन्धित खबर