अहिलेको सरकार दलाल र पुँजीपतिहरुको पक्षमा बनेको मेटमणि चौधरीको आरोप

अहिलेको सरकार दलाल र पुँजीपतिहरुको पक्षमा बनेको मेटमणि चौधरीको आरोप

653

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरुको पक्षमा बनेको आरोप लगाएका छन् ।

काठमाडौंमा शनिबार आयोजित नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन केन्द्रीय कमिटीले काठमाडौमा गरेको एक कार्यक्रममा सम्बोधन गर्दै
नेता चौधरीले दलाल पुँजीपतिहरुको लागि बनेको सरकारले श्रमिकहरुको पक्षमा निर्णय लिन नसक्ने जिकिर गरे ।

‘एक त यो सरकार त्यसै पनि दलाल पुँजीपतिहरुको लागि बनेको सरकार हो । तपाईंहरु फिल्डमा आन्दोलन गर्नुस्, प्रेसर गर्नुस् । हामी संसदमा गर्छौं, बोल्छौं, सरकारलाई दबाब दिन्छौं’, प्रमुख सचेतक चौधरीले भने, ‘तपाईंहरुको पावरको कारणले हामीलाई पनि त्यो खालको शक्ति संसदभित्र प्राप्त हुनेछ । सरकारलाई कुनै पनि हालतमा दलालको पक्षमा, उद्योगीहरुको पक्षमा, पुँजीपतिहको पक्षमा बनेको सरकारलाई कुनै पनि हालतमा हामीले झुकाउनुपर्छ । यसको लागि हाम्रो पार्टी तयार छ ।’

श्रमीकहरुको पक्षमा आफ्नो पार्टीले संसद र सडकमा साथ दिने भन्दै उनले अहिलेको सरकारलाई कुनै पनि हालतमा दलाल, उद्योगी र पुँजीपतिहरुको पक्षमा काम गर्न नदिने बताए ।

वर्तमान सरकारलाई श्रमिकको पक्षमा झुकाएरै छोड्ने उनको दाबी छ । अनौपाचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक क्षेत्रमा ल्याउन आफ्नो पार्टी सदैव तयार रहेको उनको भनाइ छ ।उनले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई औपचारिक क्षेत्रमा ल्याउन आफ्नो पार्टी तयार रहेको औंल्याए । उनले श्रमिकको पक्षमा ध्यान दिन सरकारले नसकेको जिकिर गर्दै श्रमिकहरुलाई आफ्नो ठाउँबाट आन्दोलनको शुरुवात गर्न आह्वान गरे । श्रमिकको आन्दोलनलाई अझ सशक्त बनाउन जरुरी रहेको उनको भनाइ छ ।

तपाईको बिचार

सम्बन्धित खबर