एकीकृत समाजवादी, गण्डकी अधिवेशन ५१ सदस्यीय स्वयंसेवक उपसमिति गठन

एकीकृत समाजवादी, गण्डकी अधिवेशन ५१ सदस्यीय स्वयंसेवक उपसमिति गठन

613

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन आगामी माघ २६ र २७ गते पोखरामा सम्पन्न हुने भएको छ।

अधिवेशनलाई सफल बनाउन प्रदेश कमिटीले विभिन्न तयारीहरू तीव्र बनाएको छ। यस क्रममा ठाकुर शर्मा पौडेलको नेतृत्वमा ५१ सदस्यीय स्वयंसेवक उपसमिति गठन गरिएको छ।

आज बसेको उपसमितिको बैठकले अधिवेशनलाई व्यापक रुपमा सफल बनाउन पूर्ण प्रतिबद्धताका साथ लाग्ने निर्णय गरेको छ। बैठकमा कास्की इन्चार्ज कृष्ण नेपाली, आदरणीय नेता तुलबहादुर गुरुङ र केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज श्रीनाथ बरालले अधिवेशनलाई कसरी भव्य र व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखे ।

बैठकमा सहभागी नेताहरूले अधिवेशनले पार्टीलाई संगठनात्मक रूपमा थप सुदृढ बनाउने र गण्डकी प्रदेशभर पार्टीको प्रभाव विस्तारमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

अधिवेशनको तयारीलाई तीव्र पार्दै, विभिन्न क्षेत्रका प्रतिनिधिहरू, मोर्चा तथा संगठनहरूलाई पनि समेट्दै थप सक्रिय सहभागिताको वातावरण सिर्जना गर्ने योजना रहेको प्रदेश कमिटीले जानकारी दिएको छ।

तपाईको बिचार