काजकिस्तान प्लेन दुर्घटनामा २९ को जीवितै उद्धार, ३८ जना मृत्यु

काजकिस्तान प्लेन दुर्घटनामा २९ को जीवितै उद्धार, ३८ जना मृत्यु

819

काठमाडौं । काजकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ । बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको ६७ जना सवार अजरबैजान एयरलाइन्सको विमान बुधबार दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको हो ।

दुई बच्चासहित २९ जनाको जीवितै उद्धार गरिएको छ । तीमध्ये ११ जनाको अवस्था गम्भीर रहेको काजकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले जानकारी दिएका छन् ।

उडिरहेको विमानमा आगो लागेर दुर्घटना भएको बताइएको छ । सो विमानमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए ।
दुर्घटनास्थलबाट संकलन गरिएका शव जलेकाले चिन्न सकिने अवस्थामा छैनन् ।

तपाईको बिचार

सम्बन्धित खबर