काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सदस्यता वितरण अभियान सुरु गरेको छ । १२ औं महाधिवेशनको तयारीमा रहेको नेविसंघले राष्ट्रव्यापी रूपमा सदस्यता वितरण अभियान थालेको हो ।
पुस ७ गतेदेखि सदस्यता वितरण तथा सुझाव संकलन अभियान थालिएको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए । अभियानका लागि प्रत्येक जिल्ला, आंगिक क्याम्पस, स्ववियु र विद्यार्थी कल्याण परिषद्को निर्वाचन हुने विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्य क्याम्पस प्रतिष्ठान एवं शिक्षालयमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
खटिएका प्रतिनिधिले ठोस प्रतिवेदनसहित सदस्यताको नामावली केन्द्रीय कार्यालयमा बुझाउने गरी केन्द्रीय प्रतिनिधिलाई कार्य विवरण प्रदान गरिएको प्रवक्ता सेजुवालले बताए ।
तपाईको बिचार