सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेकाे छ : उपप्रधानमन्त्री सिंह

सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेकाे छ : उपप्रधानमन्त्री सिंह

883

काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेकाे अवस्थामा सुधार ल्याउन सरकारले प्रयास गरिरहेकाे बताउनुभएकाे छ । नेपाली कांग्रेस थाहा नगर कार्यसमितिले शनिबार आयाेजना गरेकाे कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थीरताकाे जगमा विकास निर्माण र आर्थिक समृद्धिमार्फत जनताकाे अवस्था सुधार्न सरकारले काम गरिरहेकाे बताउनुभयाे ।

पछिल्लो निर्वाचनपछि बनेका सत्ता गठबन्धन लामाे समय नटिक्दा जनतामा बढेकाे निराशा चिर्नका लागि अहिलेकाे सत्तागठबन्धन बनेकाे पनि उहाँले प्रष्ट पार्नुभयाे । राजनीतिक स्थीरता र स्थायीत्वका लागि अहिलेकाे सरकार बनेकाे र सरकारले नागरिकलाई केन्द्रमा राखेर काम गरिरहेकाे उहाँले बताउनुभयाे ।

सडकमार्ग मार्फत थाहा नगरपालिका पुग्ने क्रममा उपप्रधानमन्त्री सिंहले लाैहपुरूष गणेशमान सिंहले शिलान्यास गर्नुभएकाे चन्द्रागिरी चित्लाङ सडककाे अवलाेकन पनि गर्नुभयाे । सडक निर्माण कार्य शुरू भएकाे लामाे समयसम्म पनि सम्पन्न नभएकाे भन्दै उहाँले चन्द्रागिरी चित्लाङ सडक निर्माण कार्य छिट्टै सम्पन्न गर्न पहल गर्ने बताउनुभयाे । उहाँले निर्माण कार्यमा ढिलाई गर्न नहुने र विकासका काममा सबै मिल्नुपर्नेमा जाेड दिनुभयाे । ` याे राजधानीसँग जाेड्ने सबभन्दा छाेटाे मार्ग मात्र नभएर बाग्मति प्रदेशकाे राजधानी जाेड्ने मार्ग पनि भएकाे कारणले गर्दा यसकाे आकर्षण बेग्लै किसिमकाे हुन्छ भन्ने लागेकाे छ ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे ।

उहाँले विकासका लागि जनप्रतिनिधिकाे भूमिका मुख्य रहेपनि संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिसँगे सबैकाे साथ जरूरी हुने पनि बताउनुभयाे । चुनावका क्रममा कुनै दलबाट उमेदवार बनेपनि जितेपछिजनप्रतिनिधिले आफ्नाे कार्यकालभर जनतालाई केन्द्रविन्दुमा राखेर जनसराेकारका काम गर्नुपर्नेमा जाेड दिनुभयाे । ` जनप्रतिनिधिलाई राम्राे काम गराउनका लागि स्थानीय वासिन्दाकाे पनि महत्त्वपूर्ण भूमिका रहन्छ । याे भएन, त्याे भएन भन्ने अधिकार पनि नागरिकलाई छ । तर, त्यसाे भनेर बसेर मात्र भएन, ´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे, ` राम्राे काम गराउनका लागि के गर्नुपर्याे भन्ने कुरा आम जनताले पनि आफ्नाे जिम्मेवारीबाेध गराउनसक्नुपर्छ । सबै मिल्नुपर्छ ।´ उहाँले चन्द्रागिरी चित्लाङ सडक बने सबै नागरिकले सुविधा पाउने भन्दै विकास निर्माणकाे काम सबैकाे साझा विषय भएकाे बताउनुभयाे।
उपप्रधानमन्त्री सिंहले ०४६ साल अगाडि भन्दा बहुदल आएपछि विकास निर्माणकाे कामले क्रमिक रूपमा गति लिईरहेकाे बताउनुभयाे । अहिले केही पनि भएन गलत भाष्य बनाउन खाेजिएकाे भन्दै उहाँले बहुदलपछि शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधारमा उल्लेख्य विकास भएपकाे बताउनुभयाे । तर,नागरिककाे चाहना अनुसार अझै काम गर्न बाँकी रहेकाे र त्यसमा सरकारले प्रयास गरिरहेकाे सिंहकाे भनाई थियाे ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस बागमति प्रदेश सभापति समेत रहनुभएका बाग्मति प्रदेश सांसद इन्द्र बानियाँले मकवानपुरका जनताकाे अवस्था सुधार्न र मकवानपुरलाई विकासकाे गतिमा अघि बढाउनका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयाे ।
सिंहले आज मकवानपुरकाे मनहरी नगरपालिकाकाे प्रशासकीय भवन शिलान्यास गर्नुहुनेछ । सिंह चन्द्रागिरी चित्लाङ सडक मार्ग हुँदै मनहरी नगरपालिका जानुभएकाे हाे ।
सिंहसँगै उर्जा राज्यमन्त्री कान्छाराम तामाङ र नेपाली कांग्रेस बाग्मति प्रदेश सभापति बानियाँ पनि कार्यक्रममा सँगै सहभागी हुनुहुन्छ ।

तपाईको बिचार