काठमाण्डौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशको उपाध्यक्षमा रमा न्यौपानेले बाजी मारेकी छन् । चौतारीका तर्फबाट उम्मेदवारी दिएकी सतीदेवी उप्रेतीलाई झण्डै दोब्बर मतान्तरले पछि पार्दै न्यौपाने उपाध्यक्ष बनेकी हुन् ।
समाजबादी प्रेस संगठनकी केन्द्रीय सदस्य समेत रहेकी न्योपानेले ६ सय ८८ मत प्राप्त गरेकी थिइन भने उनकी निकटतम प्रतिद्दन्दी उप्रेतीले ३ सय ६३ मत पाएकी थिइन् ।
यस प्रदेश कार्यसमितिको सदस्य रहेकी न्यौपाने महिला हिंसा, पत्रकार हकहित र अधिकारका बिषयमा मिडिया हाउसमा अन्याय र अत्याचारका लागि लडदै आएकी थिइन् ।
साना तथा स्वरोजगार मुलक मिडियालाइ आएका समस्याका सवालमा हुने आन्दोलनमा पनि आफूलाई उनले अग्र स्थानमा राख्दै आएकी थिइन् ।
साना तथा स्वोरोजगार्मुलक संचार माध्यममा दश बर्ष भन्दा बढी सक्रिय न्यौपानेले साप्ताहिक, मासिक र दैनिकका अलावा अनलाइन सञ्चार माध्यममा पनि काम गर्दै आएकी छन् ।
नवनिर्वाचित उपाध्यक्ष न्यौपाने थपिएको जिम्मेवारीलाई पत्रकारका हक हितमा लाग्न थप चुर्नाति र होैसला दुवै भएको बताउँछिन् । निर्धारित समय भन्दा करिव ८ महिनापछि भएको निर्वाचन सदस्यता बिवाद र शुद्दीकरणका नाममा हुन सकेको थिएन् ।
अध्यक्ष बिपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले निर्वाचन गराउन नसक्ने भन्दै राजीनामा दिएर मागेपनि उपाध्यक्ष बाला अधिकारीले कार्यबहाकको जिम्मेवारी सम्हालेर पत्रकार महासंघलाई अद्यावधिक गराउन सफल भएकी छन् ।
तपाईको बिचार