क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप माघ २३ गतेबाट सञ्चालन हुने

क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप माघ २३ गतेबाट सञ्चालन हुने

689

काठमाडौं । ‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स (गाभी) को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले चार लाख ६० हजार ९ सय ४० मात्रा खोप आएको बताएका छन्।

ती खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा पठाइने जानकारी दिए।

‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा नेपाल आइपुगेको हो। सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्न थालेको छ। पन्ध्रदिने अभियानअन्र्तगत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमले जानकारी दिए। उनका अनुसार १७ लाख ७० हजार मात्र गाभीले नेपाललाई उपलब्ध गराउने छ।

तपाईको बिचार