पत्रकार महासंघमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धन

पत्रकार महासंघमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धन

653

काठमाण्डौं । नेपाल पत्रकार महासंघको महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरी उम्मेदवारी दिएका छन्।
मंसिर २८ गते हुने महासंघको महाधिवेशनका लागि अध्यक्षसहित १३ सदस्यीय पदाधिकारीमा कांग्रेस एमाले निकटले साझा उम्मेदवारी दिएका हुन्।

चौतारीले अध्यक्षसहित ५ पदाधिकारी र युनियनले वरिष्ठ उपाध्यक्षसहित ८ पदाधिकारीमा उम्मेद्वारी दिएका हुन् । प्रेस चौतारीबाट अध्यक्षमा निर्मला शर्मा, महिला उपाध्यक्षमा नितु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, समावेशी सचिवमा सविन प्रियासन र लेखा समिति सभापतिमा उम्मेदवारी परेको छ ।

नेपाल प्रेस युनियनले वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल, सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, बैकुण्ठ पराजुली र अशोक तिवारीलाई उम्मेदवार बनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर