रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

767

काठमाण्डौं । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै आइतबार माइतीघरमा प्रदर्शनमा गरिएको छ ।

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेको सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान सुरु भएको छ । उनलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो । यसअघि उनीसँग शुक्रबार पनि बयान लिइएको थियो ।

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई प्रहरीले पोखराबाट काठमाडौं ल्याएको हो । काठमाडौंमा बयान सकेर पोखरा लैजाने प्रहरीको तयारी छ। पोखराबाट उनलाई चितवन लगिने बताईएको छ ।

तपाईको बिचार