एएसबिसी एसियन बक्सिङ च्याम्पियनशिप सहभागी हुन नेपाली टोली थाइल्यान्ड जाने

एएसबिसी एसियन बक्सिङ च्याम्पियनशिप सहभागी हुन नेपाली टोली थाइल्यान्ड जाने

671

काठमाडौं । एएसबिसी इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार थाइल्यान्डको चियाङ–माइ प्रस्थान गर्ने भएको छ ।
नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती र ५१ केजीमा लक्ष्मण राईले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् । महिला ४८ केजीमा आरती बम्जन तथा ५१ केजीमा अस्मिता दुवालले खेल्ने छन् ।
प्रशिक्षकमा राज श्रेष्ठ तथा इन्टरनेसनल टेक्निकल अफिसर (आईटीओ) मा पुस्करराज पन्त रहेका छन् । पन्त बक्सिङमा नेपालका एक मात्र आईटीओ हुन् । उनले यहि अकतुबर २० देखि नोभेम्बर ३ तारिखसम्म आइबा बिस्व युथ बक्सिङ च्याम्पियनसिपमा पनि अन्तर्राष्ट्रिय टेक्निकल अफिसरको भूमिका सफलतापूर्वक निर्बाह गरि सकेका छन ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे ।
सो अवसरमा सदस्य–सचिव घिसिङले आसन्न २० औं एसियाली खेलकुदको तयारीका लागि बक्सिङको ट्रेनिङ प्लान पेश गर्न निर्देशन दिए ।

तपाईको बिचार