माधव नेपालले ओलीलाई भने- कुन देशको भ्रमण पहिले भन्दा पनि देशको हितमा काम गर्नुस्

माधव नेपालले ओलीलाई भने- कुन देशको भ्रमण पहिले भन्दा पनि देशको हितमा काम गर्नुस्

796

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजनवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुन देशको भ्रमण पहिले भन्दा पनि देशको हितमा काम गर्न भनेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामुहिक छलफलमा नेता नेपालले जुन देशले पहिले निम्ता दिन्छ त्यही देशको भ्रमण हुनुपर्छ, ‘यो देशको भ्रमण पहिले गर्ने, त्यो देशको भ्रमण दोस्रो गर्ने भन्ने यो टन्टाबाट मुक्त हुनुस् भ्रमण कुन देशमा पहिला भन्दा पनि देशको हितमा के कति काम गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हुने बताएका थिए ।

उनले भने, ‘हामीले राष्ट्रहितलाई हेरेर काम गर्नुपर्छ, छिमेकीहरूको मनमा कुनै शंका छ भने त्यसलाई ध्यानमा राख्नुपर्छ । त्यसलाई ख्यालमा राखेर नेपाल असंलग्न परराष्ट्र नीति अविचलित रूपमा उभिन्छ र कुनै छिमेकी मुलुकहरूको विरुद्धमा नेपालको भूमि प्रयोग हुन दिनु हुँदैन ।’

उनले सबै देशसँग मित्रतापूर्वक सम्बन्ध राख्नुपर्ने भन्दै शान्तिभूमि हो भन्ने कुरालाई ध्यान दिएर अघि बढ्न आग्रह गरेका थिए । उनले छिमेकीहरूलाइ चिढाएर सम्झौता गर्न नहुने जनाएका थिए । ‘कुनै पनि छिमेकी मुलुक प्रयोग गर्न दिनु हुन्न, असंलग्न परराष्ट्र नीति अनुसार समुधुर सबन्ध राख्नु पर्छ, कुनै पनि सम्झौता गर्दा छिमेकी मुलुकको चासो प्रति पनि सम्मान गर्नुपर्छ,’उनले भने ।

 

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । त्यही भ्रमणको तयारी अन्तर्गत प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामुहिक छलफल गरेका हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर