प्रतिनिधि सभाको बैठक सर्‍यो

प्रतिनिधि सभाको बैठक सर्‍यो

887

काठमाडौँ, २४ असार । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबारसम्मलाई स्थगित भएको छ ।

संसद् सचिवालयले सूचना टाँस गरेर सोमबारसम्मलाई बैठक स्थगित भएको बताएको हो । प्रतिनिधि सभाको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताले छलफल गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले गत असार १८ गते बोलेको अभिव्यक्तिबारे प्रष्टीकरण दिने बताएपछि अवरोध खुलाउन एमाले सहमत भएको थियो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको मागका विषयमा छलफल गर्नुपर्ने भएपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो ।

तपाईको बिचार

सम्बन्धित खबर