कीर्तिपुर नगरपालिका: माओवादी र एकीकृत समाजवादीबीच तालमेल

कीर्तिपुर नगरपालिका: माओवादी र एकीकृत समाजवादीबीच तालमेल

829

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले कीर्तिपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदारलाई सघाउने भएको छ।

एकीकृत समाजवादीका तर्फबाट उम्मेदारी दिएका भानु रिजालको उम्मेदार फिर्ता लिएको छ। पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले एक विज्ञप्ति जारीगर्दै पार्टीका तर्फबाट उम्मेदारी दिएका रिजालको उम्मेदारी निस्क्रिय भएको जानकारी गराएका छन् ।। नगरपालिकाको वडा नम्बर ४ को वडा अध्यक्ष पदको उम्मेदवार रिता खड्कालाई माओवादी केन्द्रले सहयोग गर्ने सहमति भएको छ।

बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यही २०८१ मंसीर १६ गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट कीर्तिपुर नगरपालिकाको प्रमुख पदको लागि उम्मेदवारी दिनुभएका क.भानु रिजालको उम्मेदवारी निस्क्रिय गर्ने पार्टी निर्णय भएकोले कीर्तिपुर नगर प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रा.डा.शिवशरण महर्जनलाई र वडा नम्बर ४ मा हाम्रो पार्टीका वडा अध्यक्ष पदको उम्मेदवार कमरेड रिता खड्कालाई विजय गराउन हार्दिक अनुरोध गर्दछु।’

67d3f137-e8b8-433a-8ed5-6d720922aa0a-1732110652.jpg

तपाईको बिचार

सम्बन्धित खबर