पूर्वसभामुख ढुंगानाको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

पूर्वसभामुख ढुंगानाको निधनप्रति नेपालद्वारा दुःख व्यक्त

907

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष नेपालले पूर्वसभामुख ढुंगानाको निधन भएको खबर सुने लगत्तै सामाजिक सन्जालमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।

‘२०४७ सालको संविधान सुझाव आयोगका सदस्य तथा ०४८ सालमा निर्वाचित प्रतिनिधिसभाका सभामुख तथा मेरा मित्र दमननाथ ढुङ्गानाको निधन भएको खबरले अत्यन्त दुःखी छु’ अध्यक्ष नेपालले शोक वक्तव्यमा उल्लेख गर्नुभएको छ- ‘संविधान सुझाव आयोगको सदस्यको रूपमा संविधान निर्माणमा हामीले सॅगै भूमिका निर्वाह गरेका थियौं ।

लोकतन्त्रको स्थापना, मानव अधिकारको रक्षा, शान्ति प्रक्रियामा निर्वाह गरेको भूमिका र नेपालको संसदीय अभ्यासलाई सबल बनाउन उहाँले दिएको योगदान सम्झिरहेको छु ।’

पूर्वप्रधानमन्त्री नेपालले शोकाकुल परिवारमा गहिरो समवेदना समेत व्यक्त गरेका छन् । ‘दिवंगत दमननाथ ढुङ्गानाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’ शोक वक्तव्यमा उल्लेख छ ।

तपाईको बिचार

सम्बन्धित खबर