काभ्रे । राप्रपा काभ्रेको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा सहदेव भण्डारी सर्वसम्मत निर्वाचित भएका छन्। पार्टीको आठौं अधिवेशनले भण्डारी नेतृत्वको कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षहरूमा नवराज सत्याल, इच्छाराम थापा र गीता कुमारी शाही, सचिवमा जीवन कुमार गोले, सहसचिवमा भगवान पराजुली र दामोदर थापालाई निर्वाचित भएका छन्।
यस्तै, सदस्यहरूमा हिरा बजगाई, भिमसेन भुजेल, रूपक खरेल, रेमण्ड कर्माचार्य, पूर्ण बहादुर विश्वकर्मा, विनय महत, चेत बहादुर ब्लोन, रमेश प्रसाद दाहाल र लिलादेवी खड्का श्रेष्ठ निर्वाचित भएको राप्रपाका प्रवक्ता मोहन कुमार श्रष्ठले जानकारी दिए।
तपाईको बिचार