एकीकृत समाजवादी विदेश विभागले अक्टोबर क्रान्तिको अवसरमा विचार गोष्ठि गर्दै

एकीकृत समाजवादी विदेश विभागले अक्टोबर क्रान्तिको अवसरमा विचार गोष्ठि गर्दै

609

काठमाडौँ । १०७औँ अक्टोबर क्रान्तिको अवसर पारेर नेकपा (एकीकृत समाजवादी) को विदेश विभागले विचार गोष्ठिको आयोजना गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय ओलाकनगरमा आइतबार दिउँसो २ बजे विचार गोष्ठिको आयोजना गरिएको विदेश विभाग सचिव शंकर खतिवडाले जानकारी दिए ।

उक्त विचार गोष्ठिमा पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, कम्युनिस्ट पार्टी (सिपिसिआर), रसियाका अध्यक्ष सर्गेई मालिन्कोविच, (सीपीसीआर) रसिया, ब्रायन्स्क क्षेत्र प्रमुख, रसिया एलेना डेगटियारेवा, रसियाका लागि पूर्वराजदुत मिलन तुलाधरलगायत वक्ताले विचार प्रस्तुत गर्नेछन् ।

सचिव खतिवडाकाअनुसार पार्टी कमिटीका नेता तथा कार्यकर्ताहरू उक्त कार्यक्रममा भाग लिन सक्नेछन् । नेकपा (एकीकृत समाजवादी), विदेश विभागको निमन्त्रणामा कम्युनिस्ट पार्टी (सिपिसिआर), रसियाका अध्यक्ष सर्गेई मालिन्कोविच नेपाल भ्रमणमा आएका हुन् ।

तपाईको बिचार

सम्बन्धित खबर