एकीकृत समाजवादीले हेटौँडा १२ को अध्यक्षमा बलराम बललाई उठाउने

एकीकृत समाजवादीले हेटौँडा १२ को अध्यक्षमा बलराम बललाई उठाउने

665

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ ले रिक्त वडाध्यक्ष पदका लागि बलराम बललाई अघि सारेको छ।

(एकीकृत समाजवादी) ले यही मंसिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको नाम टुंगो लगाएको हो। गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको हो।

पार्टीको हेटौंडा नगर कमिटीको विस्तारित बैठक बसेको थियो, जसमा चुनाव प्रचारप्रसार र उत्प्रेरक कमिटी गठन गरिएको नगर सचिव सफल अधिकारीले जानकारी दिए।

पार्टीकी केन्द्रीय नेतृ मिना कुमारी लामाले वडाको विकासका लागि इमानदार र कर्तव्यनिष्ठ व्यक्तिको आवश्यकतालाई ध्यानमा राख्दै बलराम बललाई उम्मेदवार बनाएको बताइन्।

कार्यक्रममा मकवानपुर जिल्ला अध्यक्ष विष्णु दाहालले चुनाव जित्ने सम्भावना उच्च रहेको भन्दै सबैलाई प्रचारप्रसारमा जुट्न आह्वान गरे। बैठकमा जिल्ला उपाध्यक्ष कल्पना विश्वकर्मा, नगर अध्यक्ष विष्णु माया लगायतका नेताहरूको उपस्थिति थियो।

तपाईको बिचार

सम्बन्धित खबर