पूर्वप्रधानमन्त्री खनाल र दक्षिण कोरियाका राजदूत ताइयोङबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री खनाल र दक्षिण कोरियाका राजदूत ताइयोङबीच भेटवार्ता

737

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङ बिच भेटवार्ता भएको छ। भेटमा दुई देशबीचको आपसी हित एवं चासोको विषयमा लामो कुराकानी भएको थियो खनालको निजी सचिवालयले जनाएको छ ।

खनालको निजी निवास काठमाडौँको डल्लुमा भएको भेटवार्तामा खनालले राजदूतहरूलाई नेपाल र कोरिया बीच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका थिए। उनले नेपाल र कोरिया बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र यो द्विपक्षीय सम्बन्ध अझै विकास हुने विश्वास व्यक्त गरे।

राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैँ सकारात्मक सहयोग रहेको र विशेषगरी हरित आर्थिक गतिविधिमा पनि कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताए।

तपाईको बिचार

सम्बन्धित खबर