काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २९) मा नेपालबाट जम्बो टोली अजरबैजानको बाकुमा गएकोबारे पाँच सवालको जवाफ खोजेको छ ।
आयोगले आइतबार कोप २९ मा सहभागिताको मुख्य जिम्मेवार निकाय वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गर्दै विभिन्न ५ वटा विषयमा सोधपुछ गरेको हो ।
आयोगले यी ५ प्रश्न सोधेको छ
कोप २९ मा कति जनालाई निमन्त्रणा आएको हो ?
कति जना सहभागी हुन गएको हो ?
सम्मेलनमा भाग लिनेको भूमिका के हो ?
खर्च कसले व्यहोर्ने हो ?
यत्ति ठूलो समूह सम्मेलनमा सहभागी हुनुको औचित्य र उपलब्धि के हो ?
कोप २९ मा जम्बो टोली सहभागी भएको भएको विषयमा आयोगमा उजुरी परेपछि मन्त्रालसँग जवाफ मागिएको स्रोतले बतायो ।
तपाईको बिचार