धादिङमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते

धादिङमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते

651

काठमाण्डौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।

तीव्र गतिमा गुडिरहेका दुवै बस अनियन्त्रित भई एकापसमा ठोक्किएको बताईएको छ । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा.४ ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा.५ ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् ।

घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए ।

तपाईको बिचार

सम्बन्धित खबर