सर्लाहीमा पोखरीमा डुबेका दुई जनाको शव निकालियो

सर्लाहीमा पोखरीमा डुबेका दुई जनाको शव निकालियो

607

सर्लाही । सर्लाहीको बयलवासस्थित पोखरीमा कार डुब्दा बेपत्ता भएका दुईजना मृत भेटिएका छन् । गौशाला नगरपालिका-१० का ३८ वर्षीय सुरेश महतो र सोनमा गाउँपालिका-८ का ३७ वर्षीय रामाकान्त ठाकुर मृत भेटिएका हुन् । उनीहरूको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले पोखरीबाट बाहिर निकालेको छ ।

सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा मंगलबार बिहान डुबेको थियो ।

तपाईको बिचार