नेपाली कम्युनिस्ट पार्टीमा सर्वसत्तावादी प्रवृत्ति बढ्दै जाने खतरा छ- अध्यक्ष नेपाल

नेपाली कम्युनिस्ट पार्टीमा सर्वसत्तावादी प्रवृत्ति बढ्दै जाने खतरा छ- अध्यक्ष नेपाल

1131

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट पार्टीमा बढ्दै गएको भ्रष्टीकरण प्रमुख समस्या भएको बताएका छन् ।

बुधबार काठमाडौँमा भएको ‘नेकपा कम्युनिस्ट पार्टीको ७५ वर्ष र आगामी कार्यभार’ विषयक अन्तर्क्रियामा बोल्दै नेपालले भ्रष्टीकरण अन्त्य नभएसम्म समस्याको समाधान नहुने औँल्याए ।

‘अहिले कम्युनिस्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको छ। स्वार्थी प्रवृत्ति बढ्दै गएको छ। भ्रष्टीकरण बढ्दै गएको छ। यो नै कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या हो’, उनले भने , ‘जबसम्म कम्युनिस्ट भ्रष्टाचारमुक्त हुन सक्दैन समस्याको समाधान हुन सक्दैन। हामी कमीकमजोरी स्विकार्न तयार छैनौँ । सर्वसत्तावादी प्रवृत्ति बढ्दै गएका छन्। कम्युनिस्ट पार्टी सर्वसत्तावादमा जाने खतरा छ।’

पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै उनले कम्युनिस्ट पार्टी अलगअलग हुनु राम्रो होइन भन्दै एक भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

अहिले नेपालको कम्युनिस्ट पार्टीमा जडसुत्रवादी चिन्तन र दक्षिणपन्थी चिन्तन हाबी भएकाले समस्या झन् जटिल भएको उनको भनाइ थियो। नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ, त्यसमा बहस गर्न आवश्यक रहेको नेपालले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर