पटेका पड्काउँदा झापामा एक बालक घाइते

पटेका पड्काउँदा झापामा एक बालक घाइते

705

काठमाडौं । झापाको दमकमा पटेका पड्काउँदा एक बालक घाइते भएका छन् । मंगलबार अपराह्न दमक नगरपालिका-६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल पटेका पड्काउने क्रममा घाइते भएका हुन् ।

उनको अनुहारमा लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते भएका बालकको उपचारको लागि लाइफ लाइन अस्पताल दमकमा लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि भारतको सिलगुडी रिफर गरिएको प्रहरीले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर