काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालुवाटारमा जारी प्रदर्शनमा ५१ जना पक्राउ परेका छन् । सभापति रवि लामिछानेलाई सहकारी अपचलन, संगठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा रास्वपाले प्रदर्शन गरेको हो ।
आइतबार दिउँसो बालुवाटारको निषेधित क्षेत्रमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । उनीहरूलाई प्रहरी वृत्त मालिगाउँ, दरबारमार्ग, महाराजगन्जमा राखिएको छ।
तपाईको बिचार