काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ। आज विहान अमेरिकाका टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरीमा सकिएको खेलमा नेपाललाई घरेलु टोलीले ३ विकेटले पराजित गरेको हो।
टस जितेको अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा पूरा खेल्दा २८६ रनमा अलआउट भएको थियो।
२८७ रनको लक्ष्य अमेरिकाले २ बल बाँकी छदा ७ विकेट गुमाएर पार गरेको थियो
।
तपाईको बिचार